झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

राष्ट्रपती समक्ष पाँच देशका गैरआवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

​​​​​​​काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच मुलुकका गैरआवासीय राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

बुधबार सिंगापुरका राजदूत सिमोन वङ वाइ कुएन, न्यूजिल्यान्डका राजदूत डेभिड ग्रेगोरी पाइन, होली सीका राजदूत मस्ट रेभिरेन्ड लियोपोल्डो गिरेल्ली, टर्कीका राजदूत फिरट सुनेल र रोमानियाकी डेनिला मारियाना सेजेनोभ तेनीले प्रमाणपत्र बुझाउनुभएको हो  ।

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थिती थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : २९ बजे