झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियाे

अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं.१ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए । 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ०५ बजे