झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष टेण्डी शेर्पाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका शेर्पाको बुधवार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँ मोटर न्युरोन डिजिजबाट ग्रसित हुनुहुन्थ्यो ।

अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहनुभएका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासङ्घका पूर्व महासचिव पनि हुनुहुन्छ।  

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १० : १० बजे