काठमाडौँ । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधवार बिहान पहाडी भू-भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
राति देशका पहाडी भू–भागमा बदली रहनेछ । बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको आँकलन गरिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मङ्सिर ०८ गते(बुधवार)
दिउँसो: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक /दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मङ्सिर ०९ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मङ्सिर १० गते (शुक्रवार)
दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती: देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार ७ : ३३ बजे
प्रतिक्रिया