झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत

काठमाडौं । एमाले महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत, २२९७ पुग्यो कुल संख्या
एमालेले कुल १ सय ३ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ । बिधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनीत गरेको हो । एमाले केन्द्रीय संगठन बिभागअनुसार हालसम्म ६७ जिल्लाबाट महाधिवेशन प्रतिनिधिको सूची आइसकेको छ । महोत्तरी, रौतहट, (मजदुर प्रदेश २) र भूपू सैनिक संगठन गरी ६७ जना प्रतिनिधिको नाम आउन बाँकी छ ।

महाधिवेशनमा कुल महिला प्रतिनिधि संख्या ५ सय ७६ पुगेको छ भने दलित प्रतिनिधि संख्या १ सय ९५ पुगेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : २५ बजे