झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमाले स्थायी समितिको बैठक सुरू

ललितपुर – नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठक यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने बैठकको प्रमुख एजेण्डा छ । पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : १२ बजे