झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। 

बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनितबारे छलफल हुनेछ। एमालेले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दैछ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ३३ बजे