झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अहिलेको पाँच गठबन्धन जनताको जनादेशविरुद्ध छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले अहिलेको पाँच गठबन्धन जनादेशविरुद्ध भएको बताउनुभएको छ । एमालेको महाधिवेशन सम्बन्धमा बुद्धिजिवी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले जनादेशको रक्षा गर्नु अहिले नेकपा एमालेको मुख्य चुनौतीको रुपमा रहेको बताउनुभएको हो । एमाले वैचारिक सोचबाट बाहिर छ भन्नु मिथ्यापूर्ण रहेको भन्दै उहाँले जुनसुकै हिसाबमा पनि पहिचान स्थापित गर्न सफल पार्टीका रुपमा नेकपा एमाले रहेको दाबी गर्नुभयो ।

देशमा एमालेले नै लोकप्रिय कार्यक्रमहरु अघि बढाएको समेत उहाँको जिकिर छ । कस्तो पार्टी निर्माण गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले केन्द्रीत हुनुपर्नेमा जोड दिँदै उहाँले समाज परिवर्तनका लागि नेकपा एमाले तत्पर रहनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नेकपा एमाले परम्परागत कम्युनिष्ट विचारधारामा नभई नयाँ चिन्तनमा विश्वास राख्ने तर्क समेत गर्नुभयो । अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद निर्माण गर्नुभएको भन्दै उहाँले त्यसलाई कसैले पनि नकार्न नहुने बताउनुभयो ।
 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : २२ बजे