झ्याप्लेखोलाबाट २५ शव निकालियो

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी सो बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयो । ‘पार्टीको आन्तरिक विषयमा बिहान सभा ११ देखि बैठक जारी छ जुगलले बताउनुभयो ।

माओवादी केन्द्रसहित पाँच दलीय सत्ता गठबन्धनले हिजो सोमबार गठबन्धनलाई अगाडि बढाउन काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गरेको थियो । यसपछि समसामयिक राजनीतिक तथा पार्टीको आन्तरिक विषयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छलफल जारी रहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १ : ३७ बजे