झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रधानमन्त्रीको फेसबुकबाट प्रहरी नायब निरीक्षकले आफ्नै पोष्ट राखेपछि….

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पेज प्रहरी नायब निरीक्षक (सई)ले चलाउने गरेको खुलेको छ ।

लामो समयदेखि देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुकमा आफ्नो फोटो राखेका छन् । ‘शेरबहादुर देउवा’ नामको भेरिफाइड फेसबुक एकाउण्टबाट धितालले आफ्नो तस्विर पोष्ट गरेपछि प्रधानमन्त्रीको फेसबुकसमेत प्रहरीले चलाउने गरेको खुलेको हो ।

प्रधानमन्त्री देउवाको फेसबुकबाट प्रहरी नायब निरीक्षक धितालले ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ लेखेर आफ्नो फोटो पोष्ट गरेका छन् । उनले सो पोष्ट केहीबेरमा हटाए ।

विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्रीको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज प्रेस सल्लाहकार वा सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १२ : १४ बजे