झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रधानन्यायाधीशसहित पाचैंजना न्यायाधीशले राजीनामा दिनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । न्यायलयमा प्रधानन्यायाधीश राणाले मात्रै गल्ती गरेको जसरी व्याख्या हुनु गलत भएको बताउँदै उहाँले प्रधानन्यायाधीशसँगै पाँचैजनाको राजीनामा आउनुपर्ने बताउनुभयो । 

बिहीबार दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीश मतियार रहेकोले सबैले राजीनामा दिनुपर्ने अडान दोहोरयाउनुभएको हो । प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उहाँको राजीनामा माग भइरहेको छ। प्रधानन्यायधीशको राजीनामा माग गर्दै करिब एक सातादेखि न्यायाधीशहरू इजलास बसेका छैनन्। संसद, कार्यपालिका र न्यायपालिकामाथिको जनविश्वास गुमेको भन्दै बारका बकिलहरुले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिरहेका छन्

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १ : ०८ बजे