झ्याप्लेखोलाबाट २५ शव निकालियो

 नवनियुक्त मुख्यमन्त्री राईद्वारा ६ सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर – नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । 

नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण हुँदै छ । 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : २५ बजे