झ्याप्लेखोलाबाट २५ शव निकालियो

दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल 

चितवन – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाउनु भएको छ ।

परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उहाँले आरोप लगाउनु भयो । 

एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचन्डको भन्डाफोर गर्ने उहाँले  बताउनु भयो । दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट सुरु हुने बादलको भनाइ छ । 

एमालेको १०औँ महाधिवेशन चितवनमा ९–१२ मंसिरमा गर्ने तयारी छ ।  

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ४० बजे