झ्याप्लेखोलाबाट २५ शव निकालियो

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा दिने घोषणा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उहाँले राजीनामा दिन लागेको कर्णाली प्रदेशका एक मन्त्रीले बताउनुभयो ।

कांग्रेस–माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो । त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो । उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बन्नुभएका शाही राजीनामा दिन लाग्नुभएको हो ।
मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिनुभएको थियो । राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याबिनेट बैठक बोलाउनुभएको छ ।

शाहीले सोमबारको क्याबिनेट लगत्तै राजीनामा घोषणा गर्न लागेको एक मन्त्रीले बताउनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : २६ बजे