झ्याप्लेखोलाबाट २५ शव निकालियो

कसैको खुट्टा तानेर र छिर्के हानेर लोकतन्त्र बलियो हुँदैन : मुख्यमन्त्री आचार्य 

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताउनु भएको छ । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले कसैको खुट्टा तानेर प्रगतिमा अवरोध हुने मात्र होइन लोकतन्त्रलाई बलियो नबनाउने बताउनुभयो । 

प्रदेशसभामा उहाँले विश्वासको मतका लागि प्रस्ताव गर्नुभएको छ । सोही प्रस्तावमाथि मतदान हुने गरी बसेको प्रदेशसभाको बैठकमा उहाँले आफ्नो सरकारले पूर्ववर्ती सरकारका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढेको बताउनुभयो । 

राजनीतिक अस्थिरता र तरलताकाबीच आफूले सत्ता सम्हालेको बताउँदै उहाँले आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थामा उल्लेख्य काम गरेको दाबी गर्नुभयो ।

प्रदेश १ सभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, आचार्य संलग्न पार्टी एमालेको एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।  

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : १२ बजे