झ्याप्लेखोलाबाट २५ शव निकालियो

१८ वर्षीय एसियाले मध्यपुर हाँक्ने 

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पालिका अधिवेशनमा नयाँ पुस्ताले प्रशस्त स्थान जमाउन सफल भएका छन् । यसै क्रममा मध्यपुर थिमि नगरपालिकामा हालै सम्पन्न एमाले नगर अधिवेशनले भर्खर १८ वर्ष टेकेकी एसिया राज्यलक्ष्मी थापा सर्वसम्मत नगर कमिटी सदस्य चयन गरेको छ । भर्खर प्लस टु सकेर एमविविएसको तयारीमा रहेकी एसिया  राजनीतिमा सकृय हुनुका साथै समाजसेवामा पनि चासो राख्छिन् । 

भक्तपुरकै (संभवतः देशकै) कान्छी एमाले नगर सदस्य एसियाले आफ्नो अध्ययन र राजनीतिलाई संगसंगै अगाडि बढाउने बताइन् । उनले भनिन्, राजनीतिमा आमूल सुधार गर्न राजनीतिमा हामीजस्ता युवा पुस्ता आउनु पर्छ भनेर म राजनीतिक जिम्मेवारीमा आएकी हुँ ।
हालै सम्पन्न मध्यपुर थिमि नगर अधिवेशनले पुराना नेता सुर्यलाल श्रेष्ठको अध्यक्षतामा नगर कमिटीको निर्वाचन सम्पन्न गरेको थियो । 
 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १ : ४४ बजे