झ्याप्लेखोलाबाट २५ शव निकालियो

इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता गर्न अनेरास्ववियुको माग

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । 

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले जारी गर्नुभएको विज्ञप्तिमा जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुसँग सरकार गम्भीर हुनुपर्ने बताइएको छ । 

सरकारले शुक्रवार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । 

त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ कायम गरेको छ । एलपी ग्यासमा साबिक बिक्री मूल्यमा प्रति सिलिन्डर रु ५० वृद्धि गरी एक  हजार ५०० कायम गरिने भएको छ । 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : १७ बजे