झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमाले केन्द्रीय समितिले थप्यो साढे चार सय महाधिवेशन प्रतिनिधि

काठमाडौं – नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ ।  

बिहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको थियो । छलफलमा केन्द्रीय सदस्यहरुले बढाउनुपर्ने सुझाव राखेपछि ४६३ प्रतिनिधि थपिएको हो । 

थपिएको संख्यासँगै प्रतिनिधिको संख्या १ हजार ९९९ पुगेको छ । 

'स्थायी कमिटीबाट १५ सयभन्दा बढी प्रतिनिधि प्रस्ताव भएको थियो,' प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'केन्द्रीय सदस्यहरुले बढाउनुपर्छ भनेर सुझाव दिनुभएको छ । सुझावअनुसार प्रतिनिधि संख्या अब १ हजार ९९९ हुनेछ । करिब ४  सय बढी सदस्य थप्ने निर्णय भएको छ ।'

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ४३ बजे