काठमाडौं, १२ कात्तिक । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रभु साह उपस्थित हुनुभएको छ । । नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभएको हो ।
पछिल्लो समय एमालेसँग साह असन्तुष्ट रहँेको भन्दै चर्चामा हुनुहुन्थ्यो ।
तर अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशबाहा र मोहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गर्नुभएको थियो । ती सदस्यहरुले आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिइसक्नुभएको छ । यहीँ केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित हुनुभएको हो ।
यससँगै उहाँ एमालेमै रहेको स्पष्ट भएको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ५ : ०८ बजे
प्रतिक्रिया