झ्याप्लेखोलाबाट २५ शव निकालियो

स्पेनी सभामुख र अध्यक्ष ओलीबीच भेटवार्ता  

काठमाडौं –  स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आउनुभएको उहाँले  शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो  । 

यसअघि बिहीबार देल्गाडोको टोलीले पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।  

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ३८ बजे