झ्याप्लेखोलाबाट २५ शव निकालियो

ताप्लेजुङका सात स्थानीय तहमा एमालेको नयाँ नेतृत्व

ताप्लेजुङ । नेकपा (एमाले)ले ताप्लेजुङका नौ मध्ये सात स्थानीय तहमा नेतृत्व चयन गरेको छ ।  

मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा अधिवेशन क्रमशः कात्तिक १२ र २७ गते हुने भएको छ ।

नेतृत्व चयन भएका सातमध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने मैवाखोला गाउँपालिकामा निर्वाचन भएको छ । 

अधिवेशन सुरु भएको दुई दिनपछि फुङ्लिङ नगरपालिकामा भरतकुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन हुनुभएको छ । उपाध्यक्षमा ज्ञानु लावती, सचिवमा राजेश प्याकुरेल, उपसचिवमा मिना आचार्य बराल र डिल्लीप्रसाद घिमिरे चयन हुनुभएको छ । 

मैवाखोला गाउँपालिका अध्यक्षमा लालकाजी वनेम निर्वाचित हुनुभएको छ । त्यहाँ दिवस चोङ्वाङ र गणेश प्रसाईँसमेत अध्यक्षका प्रतिस्पर्धी हुनुहुन्थ्यो । उपाध्यक्षमा आसा थोप्रा, सचिवमा रुपेन्द्र वनेम, उपसचिवमा चिरञ्जीवी चोङ्वाङ र रूपनारायण घिमिरे निर्वाचित हुनुभएको छ । 

मिक्वा खोला गाउँपालिकामा दिवस लिवाङ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका छन् । उपाध्यक्षमा प्रताप साँवा, सचिवमा लक्ष्मी थलङ र उपसचिवमा तोम अधिकारी चयन हुनुभएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकामा विक्रम मेन्याङ्वो अध्यक्ष रहेको कमिटी बनेको छ । उपाध्यक्षमा भीम साम्सोहाङ, सचिवमा लोकनाथ खतिवडा र उपसचिवमा पूर्ण तिवारी चयन हुनुभएको छ । 

सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटी बनेको छ । कमिटी उपाध्यक्षमा इन्द्र घतानी, सचिवमा पूर्ण डाँगी, उपसचिवमा नवीन थेबे र दीपेन्द्र लिम्बू चयन हुनुभएको छ । 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ३६ बजे