झ्याप्लेखोलाबाट २५ शव निकालियो

संखुवासभा एमाले अधिवेशन : ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन

संखुवासभा, १० कात्तिक । नेकपा एमालेले संखुवासभाका ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाका १० पालिका मध्ये ६ पालिकामा ९ कात्तिकमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

नेकपा एमाले संखुवासभाका सचिव नारायण कटुवालका अनुसार चार पालिकामा भने नेतृत्व चयन हुन नसकेपछि अधिवेशन स्थगन गरिएको छ । खाँदबारी नगर कमिटीको अध्यक्षमा देवेन्द्र घिमिरे सर्वसम्मत चयन भएको छन् । उपाध्यक्ष जेविन राई, सचिव झलक बुढाथोकी, उपसचिव शान्ता थापा र सरोज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले धर्मदेवी नगर कमिटीको अध्यक्षमा सूर्य पौडेल सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा कबिता श्रेष्ठ, सचिवमा चन्द्रकुमार पौडेल, उपसचिव सोमकुमारी राया (सोभा) र टिकाराम दाहाल चयन भएको सचिव कटुवालले बताए । उनका अनुसार मादी नगर कमिटीको अध्यक्षमा जीवन लिङ्थेप चयन भएका छन् । उपाध्यक्ष रामभक्त दाहाल, सचिव गिरिराज भण्डारी, उपसचिव खड्ग दर्जी र टंकप्रसाद दाहाल चयन भएका छन् । पाँचखपन नगर कमिटीको अध्यक्षमा गोपाल श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा गायत्री दाहाल, सचिवमा राजन खड्का, उपसचिवमा सुवास मोक्तान र ऋषि श्रेष्ठ चयन भएका छन् । 

यस्तै, चिचिला गाउँपालिका अध्यक्षमा लोकबहादुर घले चयन भएका छन् । उपाध्यक्ष उमा गुरूङ, सचिव राजकुमार राई, उपसचिव अनिश गुरुङ र जयबहादुर गुरुङ चयन भएका छन् । मकालु गाउँपालिकाको अध्यक्षमा ताराकुमार गुरुङ चयन भएका छन् । उपाध्यक्ष डिल्ली राई, सचिव वसन्त मेघी गुरुङ, उपसचिव सुबास पोखरेल र देशन राई सर्वसम्मत चयन भएका छन् । चैनपुर नगरपालिका, भोटखोला, सभापोखरी र सिलिचोङ गाउँपालिकाको अधिवेशन विवादका कारण पछि सरेको नेकपा एमाले संखुवासभाले जनाएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : २७ बजे