झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

रुपन्देहीका १६ मध्ये १२ पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

बुटवल । रुपन्देहीका १६ स्थानीय तह मध्ये १२ वटामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधन, गैंडहवा, कन्चन, कोटहीमाई, ओमसतिया, रोहिणी, मर्चवारी, समरीमाई र मायादेवी गाउँपालिकाको प्रथम अधिवेशनबाट एमालेको नेतृत्व सर्वसम्मत भएको हो । 

बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ भने उपाध्यक्षमा शोभाखर पोखरेल चयन हुनुभएको छ ।

सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट चेत नारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिनुभएको छ । नगर कमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डेले दाबी पेस गर्नुभएकोमा न्यौपाने सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो भएका हो ।

नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिव द्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन हुनुभएको छ । अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिनुभयो ।

लुम्बिनी सांस्कृतिकको नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा जगदीश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ । 

गैंडहवा गाउँ कमिटी अध्यक्षमा भुवन राना र कन्चन गाउँ कमिटी अध्यक्षमा दिनानाथ आचार्य सर्वसम्मत चुनिनुभएको छ । कोटहीमाई गाउँपालिका अध्यक्षमा राजकुमार गौण, ओमसतिया गाउँ कमिटी अध्यक्षमा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँ कमिटी अध्यक्षमा सुनिलकुमार कौशल चुनिनुभएको छ ।

मर्चवारीमा केशरनाथ गिरी, समरीमाईमा इनुक मुसलमान र मायादेवी गाउँ कमिटीमा साधुशरण साहनी अध्यक्षमा निर्विरोध चयन हुनुभएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईँले जानकारी दिनुभयो।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : ५७ बजे