झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

लमजुङका सात पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

लमजुङ । नेकपा (एमाले) ले लमजुङका सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

जिल्लाको बेशिसहर नगरपालिका, मध्यनेपाल नगरपालिका,  सुन्दरबजार नगरपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र क्वहोलासोथर गाउँपालिमा  सर्वसम्मत नेतृत्व चयन भएको हो ।

बेशिसहर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट राजकुमार विष्ट सर्वसम्मत अध्यक्ष चुनिनुभएको छ । नगर कमिटीको उपाध्यक्ष दुर्गा बुढाथोकी, सचिव शरद बराल, उपसचिव वुना रिमाल, उपसचिव वीरेन्द्र गुरुङ, मध्यनेपाल नगर कमिटीको अध्यक्ष योगेन्द्रनारायण शाह, उपाध्यक्ष सूर्य गुरुङ, सचिव विष्णुभक्त पौडेल,उपसचिव शारदा शाखी र उपसचिव सूर्यबहादुर नेपाली चयन हुनुभयो ।

राइनास नगर कमिटीको अध्यक्षमा पूर्ण गुरुङ, उपाध्यक्ष ध्रुव अक्केला,सचिव बलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र उपसचिव शान्त न्यौपाने चयन हुनुभएको छ ।

सुन्दरबजार नगर कमिटीको अध्यक्षमा भीम गुरुङ चयन हुनुभएको छ । दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी, उपाध्यक्षमा मान गुरुङ, सचिवमा अम्बिका मरहठा, उपसचिवमा लालमाया मिजार र उपसचिव नेत्र गुरुङ चयन हुनुभएको छ ।

क्वोलासोथार गाउँ कमिटी अध्यक्षमा  नारायण गुरुङ,उपाध्यक्षमा सूर्य गुरुङ,सचिवमा गीतबहादुर गुरुङ र उपसचिव आस्विर गुरुङ चयन हुनुभएको छ ।

जिल्लाको दुधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुलबहादुर तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन हुनुभएको छ । मर्स्याङ्दी गाउँपालिकामा भने आज अधिवशन हुने छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ०० बजे