झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

ओलीको आरोप- सभामुख न्यायाधीश बने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाउनु भएको छ । 

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुख  सापकाेटा  एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाउनु भएको हो । 

एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको ओलीको भनाइ छ । 

सभामुख निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न नसकेको भन्दै उहाँले विवादित व्यक्तिले राजीनामा दिनुपर्ने बताउनु भयो । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : १५ बजे