झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

ओलीकाे प्रश्न- परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकको मात्र राजीनामा ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गर्नुभएको छ । 

थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत एकैपटक  ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताउनु भएको हो । 

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भन्नुभयो , ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् ?’ 

अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उहाँले अदालतमा तमासा देखाउन नहुने बताउनु भयो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : ०९ बजे