झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेको विकल्प छैन – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेको विकल्पमा कुनै पार्टी नरहेको बताउनु भएको छ ।  

थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान, लोकतन्त्र, राष्ट्रिय हितको रक्षा गर्न एमालेको विकल्प नरहेको बताउनु भएको हो । 

उहाँले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न नेता कार्यकर्ताहरूमा आह्वान पनि गर्नुभयो । 

बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको मात्र आज अधिवेशनमा हुन लागेको हो । गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५  तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ५५ बजे