झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

एमालेको पालिका अधिवेशन आज, अध्यक्ष ओलीले थापाथलीबाट उद्घाटन गर्नुहुने

काठमाडौं । नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ।

एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् । गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । 
 
एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो । ६ हजार ७४५ मध्ये बाढी र पहिरोका कारण केही ठाउँका अधिवेशन सरेको थियो । सरेका वडाको अधिवेशन कात्तिक १५ गतेभित्र सक्ने कार्यालय सचिव तामाङले जानकारी दिए । 

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय अधिवेशन गर्दैछ । सोही अधिवेशन अन्तर्गत वडा, पालिका अधिवेशन गरेको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ५८ बजे