झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कांग्रेस अवैधानिक हुने अवस्थामा पुग्याे : नेता सिंह

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । 

प्रेस युनियन धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  कांग्रेस पूर्वउपभापति समेत रहेका नेता सिंहले पदाधिकारीहरूले महाधिवेशन प्रति उदासिन रहेकोले विगतमा पटकपटक महाधिवेशनको मिति सारिएको बताए । 

तोकिएको मितिमै महाधिवेशन हुनुपर्ने बताउदै उनले भने, ‘क्रियाशील सदस्यको विवाद रहेका दुई जिल्लाको वडाको समस्या समाधान गरी महाधिवेशन तोकिएकै समय हुनुपर्नै हरेक कांग्रेसजनको चाहना हो ।’  

१४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँदै उनले सभापतिमा आफूहरूले उम्मेदवारी दिने पक्का रहेको बताए । सर्वसहमत रूपमा आफू सभापतिको उम्मेदवारको लागि नेताहरूसँग निरन्तर छलफल रहेका उनले बताए ।

कांग्रेस नेतृत्वमा बनेको वर्तमान सरकारले ८८ दिनपछि पूर्णता पाएको सिंहले बताए । 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : १६ बजे