झ्याप्लेखोलाबाट २५ शव निकालियो

पुर्वमन्त्री थममाया थापाको दशैं अनुभव

नेपालीहरुको महान चाड बडादसैं सवैको घरघरमा भित्रिसकेको छ । राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ । कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दसैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् । राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता दसैंमा नेताकार्यकर्ता, सर्वसाधारणसँग भेटघाट गर्दै जनताका समस्या बुझ्ने योजनामा रहेका छन् । कतिपय शीर्ष नेताहरू  राजधानी छोडेर जिल्लामा पुगिसकेका छन् भने कतिपय जाने तयारीमा रहेका छन् । जिल्लामा आयोजित शुभकामना कार्यक्रममा सहभागी भएर आफूले गरेका कामको जानकारीसमेत गराउने तयारीमा छन् । 

नेपालमा कोरोनाको जोखिम अझै छ । पोहोरसाल अहिलेको भन्दा कोरोना संक्रमणको दर झनै भयावह थियो । तर यसबर्ष कोभिड खोप लगाउन पाएकाले केही राहत महसुश गरेर दशैंमा आवत जावत गरिरहेका छन् । दशैंकै अवसरमा अखिल नेपाल महिलासंघकी अध्यक्ष एवं पुर्वमन्त्री थममाया थापाले आफनो अनुभव यहाँ राख्नुभएको छ । 

दशै कसरी मनाउँदै हुनुहुन्छ ?
दशैँ सामान्य तरीकाबाट नै मनाईन्छ सिराहामा सासुआमा हुनुहुन्छ । उहाँबाट टिका लगाउछु ससुराबा हुनुहुन्न यता माइतीपटटीका पनि बा आमा हुनुहुन्न दाई हुनुहुन्थ्यो उहाँ पनि वित्नुभयो । त्यसैले ८० वर्षिया सासुआमासँगै यस बर्ष दशैं मनाउँछु। मानिसहरु भन्ने गर्छन नेताको दशैँ कति रमाईलो हुन्छ तर मेरो त्यस्तो छैन, म सामान्य मान्छे हुँ सामान्य नै हुन्छ । माईतीमा कोहि पनि हुनुहुन्न त्यसैले दशैँमा माईती जान्न घरमै दिदी बहिनी आउनुहुन्छ यतै मनाइन्छ,माईतीमा मनाउन छोडेको ४/५ वर्ष भयो । 

बाल्यकालको दशैं
म म्याग्दिमा जन्मिए, हाम्रो गाउँमा खेतीपाती गर्न नसकेर खानै नपुग्ने स्थिति थिएन । त्यसमाथी बुवा इन्डियन आर्मी हुनुहुन्थ्यो । दशैंमा घर आउँदा सवैलाई एकसरो लुगा ल्याइदिनुहुन्थ्यो । दशैमा बुवाले सवै धानिदिनुभएकाले हामीले त्यति नरमाइलो चाहि कहिल्यै महसुस गर्न परेन । दशैमा नयाँ लुगा लगाउने, दानदक्षिणामा रमाउने, खसीको मासु खान पाउने हुँदा हामीलाई दशै रमाइलो लाग्थ्यो । तर गाउँमा घर भएकाले दशैंमा दिएको पैसा खर्च गर्न गाहो नै थियो, पसल टाढा हुने । पसल जान पनि टाढा टाढा पुग्न पथ्र्यो मासु खान दशैँ  नै आउन पथ्र्यो ।  त्यहाँ भन्दा अगाडि त मासु खाने भन्ने नै हुन्न थियो । 

बाल्यकालको दशैं सम्झिनुपर्दा मलाई जहिल्यै पनि एउटा घट्ना याद भइरहन्छ । एक पटक पिङ खेल्दै गर्दा पछाडिबाट एउटाले धकेलेर मच्चाई दिएको थियो बङ्लङ्गै ढुङ्गामै पछारिएकोछु  । ढुंगामा बजारिदा एकै छिन त बेहोस नै भए यति मजाले ठोकियो त्यसैले हरेक वर्षको दशैँ आउँदा त्यहि सम्झन्छु । त्यसको प्रभावले गर्दा अझै पनि स्मरण शक्क्तिमा केहि समस्या छ । फेरि अर्कोपटक गाई वस्तु चराउन जाँदा वस्तु त्यत्तिकै छोडिदिए अनि एउटा ठूलो रुखको टुप्पोमा गएर वस्तुहरु कहाँ कहाँ गए पनि हेर्छु शितल पनि खान्छु भनेर गाको अनि वस्तु देखिन र हतार हतार तल झर्न लाग्दा  आफैँ रुखबाट झरेँ फेरि ढुङ्गामै बजारिए पुरै रगत्ताम्मे भएछु  कति बेला उठेर गाई वस्तु लगेछु थाहा नै भएन । यो घट्नाले मलाई दशैमा त्यही पिङ्गबाट लडेर रग्ताम्य भएको, बेहोस भएको याद आईरहन्छ । पिङ त अहिले पनि खेल्छु तर एकदमै होसियारीका साथ त्यो बाँसले बनाएको पिङ त्यति जोखिम हुन्न रुखहरुमा हालेको चै जोखिम नै हुन्छ ।  

पहिला र अहिलेको दशैंको फरक
पहिला कति रमाइलो हुन्थ्यो दशैँ आउन लाग्यो भन्ने वित्तिकै पहिले देखि नै जोहो गरेर राख्थे । कसैलाई केहि पर्यो भने सबै जुटेर सघाउँथे, तर अहिले सबै घर भित्र नै बसेर मनाउँछन न एक आपसमा मिलन छ, न त सहयोगि भावना नै छ,  न पिङ हाल्छन पहिलाको जस्तो रमाईलो हुन छाड्यो अबको दशैँ । पहिला दशै भन्ने वित्तिकै सामाजिक भावना पैदा हुन्थ्यो अहिले त्यो सामिप्यता त्यो भावना हराउँदै गएको छ ।

दशैँलाई उत्सबको रुपमा मनाउन पर्छ पारिवारीक भेटघाट सामिप्यताको दृष्टिकोणले हेर्दा यो राम्रो पक्ष हो तर धेरै खर्च गर्ने अरुको देखासिखि गर्ने गर्नु हुन्न यसलाई सहि ढंगले मनायो भने राम्रो हुन्छ । दशैँ भनेको नेपालीहरुको रमाईलो पर्व पनि हो यो पर्वमा परिवारका सदस्यहरुको भेटघाट हुन्छ आफू भन्दा ठूला मान्यजनको हातबाट टिका लगाउने पारिवारिक जमघटको मौकाको रुपमा पनि लिन सकिन्छ । अझ हामी राजनीति गर्ने मान्छे त घरमा गएर बस्ने फुर्सदै नै हुन्न । दशैँमा नै परिवारका सदस्यहरु भेटिन्छ उनीहरुलाई समय दिने अवसर पनि हो यो । 
विशाल आचार्य 
 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ७ : २१ बजे