झ्याप्लेखोलाबाट २५ शव निकालियो

बजारमा अधिकांश सामान र कुहिएको मासु बिक्री, टोलीद्वारा नष्ट

भक्तपुर – दसैँ नजिक आएसँगै भक्तपुर नगरपालिकाले आज पनि बजार अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज वंशगोपाल क्षेत्रमा रहेका पसल एवं मिनिमार्टहरुको अनुगमन गर्दा दसैँको मौकामा म्याद गुज्रेका खाद्य सामगीहरु बिक्रीका लागि राखेको पाइएको छ । 

    अनुगमनमा अजिमा स्टोर मार्केटमा म्याद नाघेको र लेबल नभएको १६ प्रकारका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

    त्यस्तै राज्य स्टोर, कमलविनायक मिनिमार्ट, के.एम.मार्टमा मिति र लेबल नभएको खाद्य पदार्थ बिक्रीमा राखेको, म्याद गुज्रेका खाद्य वस्तु बिक्रीमा राखेको, कुहिएको सामान पनि बिक्री गर्ने सामानसँगै राखिएको पाइएपछि करिब १७ प्रकारका म्याद नाघेका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ । अधिकांश पसलमा लेबल नभएको प्याकेजिङ सामानहरु खाद्य अनुज्ञापत्र नलिएको, लेबल नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको र म्याद गुज्रेकै सामान बिक्री गरेको पाइएको छ । 

    त्यस्तै मासु संसारमा बिक्रीका लागि राखेको बिग्रेको मासु २४ किलो जफत गरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । मासु पसल, फ्रिज फोहोर भएको, बिग्रेको मासु फ्रिजमा राखेको, पसल तथा ढक तराजु नवीकरण नगरेकाले तराजु जफत गरी दसैँलगत्तै कार्यालयमा उपस्थित हुने निर्देशन दिएको छ ।

रासस

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : ५७ बजे