झ्याप्लेखोलाबाट २५ शव निकालियो

बाहिर आ–आफ्नो दृष्टिकोणले व्याख्या गर्छन तर मैले कुनैपनि दललाई छायाँ पर्न दिएको छैन : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनैपनि दललाई छायाँ पर्न नदिएको बताउनुभएको छ । एक टेलिभिजनसँग अन्तरवार्ता दिनुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘बाहिर आ–आफनो दृष्टिकोण अनुसार व्याख्या हुने गरेको छ तर मैले आफनो अधिकारको क्षेत्रभित्र रहेर मात्रै काम गर्ने गरेको छु ।’ राष्ट्रपतिको अधिकार के हो ? त्यसमा रहेर व्याख्या गर्नुपर्ने भएपनि कुन बेला कुनलाई के असर पर्छ त्यसमा रहेर कुरा गर्नु गलत भएको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो,‘मैले संविधानले जे बोलेको छ त्यो मात्रै गरेको छु ।’ फरक प्रसंगमा बोल्नुहुँदै राष्ट्रपति भण्डारीले आफु राजनीतिक जीवनमा सक्रिय रहदा आफुले भोगेका कुरा अरुले भोग्न नपरोस भनेर महिला सहभागिता बृद्धिमा लागेको बताउनुभयो । अहिले स्थानिय तहमा देखिएको महिला सहभागिता प्रसंसनीय रहेपनि मानसिक रुपमा त्यो ढंगको तयार अझै भईनसकेको उहाँले बताउनुभयो । ‘महिलामा क्षमता भएर पनि अविश्वास अझै छ, भौतिक रुपमा महिलालाई स्वीकार गरेपनि मनोवैज्ञानिक रुपमा स्वीकार गर्न अझै समय लाग्छ ।’ महिलाले आफुले पाएको जिम्मेवारीमा विश्वास दिलाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १० : १५ बजे