झ्याप्लेखोलाबाट २५ शव निकालियो

​​​​​​​रुपन्देहीको मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी (अपडेट)

​​​​​​​बुटवल । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यु जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यु लगाएको हो।   आइतबार बेलुकी ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्‍यू जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको हो। झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताए।

भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो। 

 

 

​​​​​​​

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ४ : ३३ बजे