काठमाडौं । २०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुल्ला भएको छ। बुधबार राति ९ ः ४५ बजेबाट खुलेको आवेदन कातिक २३ गते सम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
दूतावासले निस्शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ।
त्यस्तै,वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेवसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।
प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार १० : ५३ बजे
प्रतिक्रिया