झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप ९६८ जनामा संक्रमण पुष्टि,६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९८ हजार ७६६ र एन्टिजेनबाट ९२ हजार ४५८ जना पुगेको छ ।  

यस्तै, आज थप १ हजार ११४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३३८ जना पुगेको छ । निको हुने दर ९६.६ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १८० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ । 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : ५५ बजे