झ्याप्लेखोलाबाट २५ शव निकालियो

घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज बाहिर निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावनमार्ग जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ ।

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । घाँसे मैदानबाट बाहिर निकालिएको उक्त जहाजको नेपाल नागरिक उड्डयन प्राधिकरण एवं श्री एयरलाइन्सका प्राविधिकहरूले चेकजाँच गरिररहेको तिवारीले बताए ।

९ एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज मंगलबार काठमाडौंबाट नेपालगन्ज जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा चिप्लिएको थियो । उक्त जहाजमा चालक दलसहित ८० जना सवार थिए ।

जहाजमा कुनै क्षति नभए पनि ह्वील परिवर्तन गर्ने काम भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १२ : ५२ बजे