झ्याप्लेखोलाबाट २५ शव निकालियो

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । मंगलबार विहान ९ एएनएफ कलसाइनको जहाजको बायाँ टायर आन्तरिक टर्मिनलको पार्किङमा चिप्लिएर घाँसे मैदानमा गएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए।

जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको थियो । 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ०७ बजे