झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप १ हजार ३० जनामा संक्रमण पुष्टि,१० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार ८७४ जनामा परिक्षण गर्दा १ हजार ३० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप १ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय  संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १७४   पुगेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : २४ बजे