झ्याप्लेखोलाबाट २५ शव निकालियो

राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण आज सकिदै

काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवारको सूचीकरण आज सकिदैछ। भदौं ३० देखी असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर–घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गरेका थिए । जस अन्र्तगत ७० लाख घरपरिवारको तथ्यांक संकलन गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तथ्यांक विभागका अनुसार सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरणमा भरिएको छ ।

गत २७ र २८ भदौमा ८ हजार ५ सय सुपरिवेक्षकहरुलाई सूचीकरणमा खटाइएको थियो । सूचीकरणकै आधारमा मूल गणना गरिएको हो ।

असोज १८ पछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिएपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने  र विवरण भर्ने काम गर्नेछन् ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : १६ बजे