झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप ८६७ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ८ हजार २१९ जनामा परिक्षण गर्दा ८६७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप १ हजार १२३  जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय  संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १५७ पुगेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : २९ बजे