भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सर्वदलीय बैठकमा संसद्मा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा आज बसेको सर्वदलीय बैठकमा  संसद्मा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा सङ्घीय संसदलाई निर्बाध र मर्यादित ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको छ  ।

बैठकपछि सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा पनि एमाले सहभागी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुन :  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाउन आग्रह गरिने निर्णयसमेत गरेको छ । बैठकले नेकपा एमालेलाई संसद् अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताइन्छ । बैठकमा सहभागी दलहरुले एमाले वार्ता र संवादबाट भाग्न खोजेको बताएका थिए ।

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने एमाले र राप्रपाबाहेक सबै दलका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्ष दल एमाले बहिष्कार गरेको थियो।

एमाले विभाजन गर्न मध्यराति संसद् स्थगित गरेर सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको र सभाुमुखले एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेर दल विभाजन गर्न सघाएको भन्दै एमालेले सरकारको विरोध गर्दै आइरहेको छ।

यस अगाडि संसद्को अवरोध अन्त्यका लागि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १ : ३८ बजे