भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ। ।

अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि प्रधानमन्त्री देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा नजाने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले  जानकारी दिनुभयो।

प्रधानमन्त्रीले संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको छ । 

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा पनि एमालेले सहभागिता जनाएको थिएन । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले  अध्यादेश ल्याएर आफ्नो दल फुटाएको  र सभामुखको  कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : १९ बजे