भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाउनुभएको हो। भोलि बिहान १० बजे बैठक बोलाइएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ । सो अवरोध खुलाउने विषय नै सर्वदलीय बैठकको मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ३३ बजे