झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप उपचार गर्न थाइल्याण्ड उडे बर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ।

पुन केही समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको कलेजोमा वंशानुगत समस्या छ।

यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराउनुभएको थियो । उहाँलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ। 

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उहाँलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ३० बजे