भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको बताउनुभएको छ  ।

“हाम्रो मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानुपर्दछ भन्ने मलाई लागेको छ ।” राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ । 

जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत  एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारु समुदायका महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण चाडका रूपमा लिइन्छ । 

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेसी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

 

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ३२ बजे