झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोरोना संक्रमण दर ८.३ प्रतिशत मात्र

काठमाडौं । सेप्टेम्बर महिनामा कोरोना भाइरसको संक्रमण दर ८.३ प्रतिशत मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले कोरोना परीक्षण गरिएका मध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र संक्रमण रहेको जनाइएको छ । अगस्ट महिनामा १३.६ प्रतिशत रहेकामा सेप्टेम्बर महिनामा त्यो झरेर ८.३ प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै, मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन् । 

अगस्ट महिनामा २४.५ प्रतिशतले पहिलो मात्रा र २०.५ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए । अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ०३ बजे