भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एउटै कक्षा दोहोरयाउँदीन भन्नुहुन्थ्यो नी प्रश्नमा ओलीको जवाफ, क्लास सकिएपछि के गर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरुलाई आफूले राजनीतिमा एउटा कक्षा दोहो¥याउदिन भने पनि त्यहाँ भन्दा माथी कक्षा नै सकिएपछि दोहोरयाउनुको विकल्प नभएको बताउनुभएको छ।

आज सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले ‘पिएचडी सकेपछि मान्छेले पढ्न छोड्छ र ? अध्यक्ष ओलीले भन्नुभयो ‘प्रधानसम्पादक भइसकेपछि तपाईंहरु पत्रकारिता छोड्नुहुन्छ र ?  कतिवटा विषयमा विद्यावारिधी गर्छन मानिसले ? त्यस्तै हो अध्यक्ष भइसकेपछि त्यहाँ भन्दा माथी जाने नभएपछि के गर्ने त ?’

अध्यक्ष ओलीले विगतमा एउटै कक्षा दोहो¥याउदिन भनेर दिएको अभिव्यक्तिका बारेमा सम्पादकहरुले जिज्ञासा राखेका थिए । ‘आगामी महाधिवेशनमा तपाईं फेरी अध्यक्ष हुने हो ? तपाईले त म एउटै कक्षा दोहोरयाउने विद्यार्थी होइन भनेर बोल्नुभएको हैन र’भनेर एक सम्पादकले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले अध्यक्ष भन्दा माथी जाने ठाउँ देखाइदिनुन भन्नुभएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ०४ बजे