झ्याप्लेखोलाबाट २५ शव निकालियो

थप १ हजार १५८ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११  हजार ६७२ र एन्टिजेन विधिबाट २ हजार ३३१ जनामा परिक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९३ हजार २७१ र एन्टिजेनबाट ९१ हजार १०८ जना पुगेको छ ।  

यस्तै, आज थप १३१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ११५ पुगेको छ । हाल देशभर सक्रिय  संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।  

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ५५ बजे