भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

वर्षमान पुन अस्वस्थ, उपचारका लागि भोलि बैंकक लगिँदै 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने परिवारले जनाएको छ । उनको जन्डिससम्बन्धी समस्या पुनः बल्झिएकाले उपचारका लागि बैंकक लैजान लागिएको पारिवारिक स्रोतले जानकारी दियो ।

यसअघि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बैंककमै उपचार गरिएको थियो । “उहाँको पुरानै समस्या बल्झियो, थप उपचारका लागि बैंकक लैजान लागिएको छ,” पारिवारिक स्रोतले भन्यो ।
 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : ४१ बजे