भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

दुईवटा दल फुटाएर विश्वासको मत लिएपछि अध्यादेश फिर्ता, यहि हो अग्रगमन ?

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवाको शासन भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूना भएको टिप्पणी गर्नुभएको छ ।

देउवाले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गर्दै थापाले लेख्नुभएको छ, ‘परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ?’ उहाँले सामाजिक सञ्जालमा अध्यादेश फिर्ता गरेकोमा आक्रोश व्यक्त गर्नुभएको हो । 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ३९ बजे